प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
मंसिर २०८०
काभ्रेपलाञ्चोक र चितवनमा मानिस झुण्डी मृत्यु
२०८०-०८-२७

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-३, नेपाल डाँडा बस्ने अन्दाजी ३७ वर्षीय किशोर कुमार तिमलसिना घर देखि अन्दाजी १०० मिटर उत्तर तर्फ पाखो बारीमा दुधिलोको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । चितवन, माडी नगरपालिका-९, बगही बस्ने ५६ वर्षीय मन प्रसाद दुराल आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा निजकै श्रीमतीले देखी तत्काल पासो काटी उपचारको लागि बघौडा अस्पताल माडीमा ल्याउने क्रममा निजको बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश भित्र प्रहरी सेवा सम्वन्धी उजुरी/गुनासो तथा सुझावको लागी QR Code को सुरूवात
२०८०-०८-२६

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट प्रहरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सु-सम्बन्ध एवं सुशासन कायम राख्ने प्रयोजनको लागि QR Code प्रयोग सम्वन्धी कार्यविधि निर्माण गरी बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट स्विकृत भई लागू भएको छ ।    सेवाग्राहीहरूको हितलाई मध्यनजर गर्दै प्रहरीले प्रदान गर्ने प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो, पीरमर्का वा सुझाव भएमा सेवाग्राहीले आफ्नो भनाई राख्न तथा सम्पर्क गर्ने प्रयोजन अनुरुप क्युआर कोड (QR Code) को अवधारणा विकास गरिएको हो । बागमती प्रदेश प्रहरी मातहतका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र सम्पूर्ण स्थानीय निकायहरूको ९८ पालिकाको कार्यालयहरूमा समेत प्रहरीको काम कारवाही र पृष्ठपोषण रहने गरी QR Code प्रयोग सम्वन्धी मापदण्ड तयार गरी उजुरी/ गुनासोको कार्यान्वयन सम्बन्धमा भएका प्रगतिको बारेमा उजुरीकर्तालाई जानकारी गराउने समेत व्यवस्था मिलाईएको छ । QR Code Scan गरि प्राप्त निर्देशन बमोजिम प्रहरी सेवा सम्वन्धमा आफ्ना कुनै गुनासो तथा सुझावहरू राख्न सकिने छ ।

वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धि छलफल तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न
२०८०-०८-२५

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाद्वारा आयोजित “वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती विषयक १ (एक) दिने छलफल तथा अन्तरक्रिया गोष्ठी” कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यातामा सम्पन्न भएको छ । एक दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम लगायतका विषयवस्तु सहितको प्रस्तुतिकरण गर्नु भएको, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्गको सुरक्षा अवस्था र सवारी दुर्घटना लगायत विषयवस्तुको प्रस्तुतिकरण गर्नु भएको थियो । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्र.ना.उ. सुजित कुमार ओझा ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण गर्नु भएको ।सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच जिल्लागत ट्राफिक व्यवस्थापनमा देखा परेका समस्या, चुनौतीहरुको विषयहरूमा आवश्यक छलफल तथा अन्तर्क्रिया गरी आवश्यक निर्देशन दिनु भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच ट्राफिक  प्रहरीको काम-कारबाहीलाई थप प्रभावकारी बनाउनुको साथै नियमित काम कारबाहीलाई व्यवसायिक, उत्तरदायी र पारदर्शी  बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालज्यूले ट्राफिक प्रहरीको काम कारवाही सम्वन्धमा आफ्ना भनाई तथा सुझावहरू राख्नु भएको थियो । उक्त  एक दिने गोष्ठीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा प्र.ब.उ. रवि कुमार पौडेल, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू,तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा यस कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूहरु, लगायत संचारकर्मीज्यूहरु , प्रहरी निरीक्षकहरु, मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरू सहित  ७५ जनाको उपस्थिति रहेको थियो ।

४७ किलोग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८०-०८-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको DL.43 NB.5994 नम्बरको ईन्डियन बलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको मुनि फल्स बटन बनाई लुकाई छिपाई राखेको लागुऔषध गाँजा २७ पोका अन्दाजी ४७  किलोग्राम फेला पारी, उक्त बोलेरो चालक देश भारत मोतिहारी बस्ने अन्दाजी २४ वर्षीय भुषन कुमार र सोही गाडीमा सवार सोही ठेगाना बस्ने अन्दाजी वर्ष १५  को साजन सिंहरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८०-०८-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा १४ प ३७०८ नम्बरको कारलाई रोक्न खोज्दा नरोकी भागेको हुदाँ प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले उक्त कारलाई पिछा गर्दै जाने क्रममा बारा जिल्लाको एरियामा पुगी उक्त कारलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उक्त कारको वरिपरी हेर्दा कार नजिकै जंगलमा लागुऔषध चरेश २ वटा बोरामा अन्दाजी २६ किलोग्राम फेला पारी कार चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-२७ बस्ने अन्दाजी ४२ वर्षीय रोशन दमाई र सोही कारमा सवार चितवन, खैरहनि नगरपालिका-१६ बस्ने अन्दाजी ५२ वर्षीय डियन महतोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।
२०८०-०८-१४

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मूल नाराको साथ मंसिर ९ गते देखि मंसिर २४ गते सम्म संचालन भईरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख किरण राणाज्यूको प्रमुख आतिथ्यतामा सरोकारवाला निकायहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूबाट बागमती प्रदेश मातहत जिल्लाहरूमा भएको लैङ्गिक हिंसाको अवस्था, चुनौती लगायतको विषयमा प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लैङगिक हिंसासंग सम्वन्धित विषयहरूमा पत्रकारज्यूहरू, विभिन्न सरोकारवाला संघ सस्थाका पदाधिकारीज्यूहरू, स्थानीय जनप्रतिनिधिज्यूहरूबाट उठेका जिज्ञासा, विषयवस्तुहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट सम्वोदन गर्नु भएको थियो ।  बागमती प्रदेश प्रहरी प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, पत्रकारज्यूहरु, गैह्र सरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्षज्यू, स्थानीय जनप्रतिनिधिज्यूहरु, सामुदायिक केन्द्रका पदाधिकारीज्यूहरु, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका प्रतिनिधीज्यू लगायत विभिन्न सरोकारवाला संघ संस्थाका पदाधिकारीज्यूहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेत गरी जम्मा ७२ जनाको उपस्थिती रहेको थियो । 

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट नारायणघाट तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ७९१ नम्बरको यात्रु  बाहक माईक्रो गाडी लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार देश भारत बिहार राज्य पूर्वी चम्पाराम मोतिहारी बस्ने अन्दाजी २१ वर्षीय अमित कुमारलाई शंका लागी चेकजाँच गर्दा निजको शरिरको भागमा टेपले बेरेर ल्याएको अवस्थामा लागुऔषध डाईजेपाम १५० पिस, नुर्फिन १५० पिस र फेनार्गन १५० पिस फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सावारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०८-१४

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-११, डालाबेशि स्थित बि. पि. राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा प्र०२-०२४ प ४०९२ नम्बरको मोटसाईकल आफै अनियन्त्रित भई पल्टिदा सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नम्बरको बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साईडको चक्काले मोटरसाईकलमा ठक्कर खान जाँदा मोटरसाईकल चालक जिल्ला काठमाण्डौं, काठमाडौं महानगरपालिका-११  बस्ने अन्दाजी ६१ वर्षीय ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट अवस्था मध्यम र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती वर्ष अन्दाजी ६१ की बिन्दा गिरी बाँया हातमा चोट रगत बगिरहेको अवस्था गम्भिर रहेकोमा दुबै घाईतेहरूलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा मोटरसाईकलमा सवार निजकै श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी-२०८० सम्पन्न
२०८०-०८-११

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा २०८०।०८।१० गते देखि काभ्रेपलाञ्चोक जिल्ला स्थित धुलिखेल लज एण्ड रिसोर्टमा सञ्चालन भएको २ दिवसीय “बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान सम्बन्धी गोष्ठी-२०८०” सम्पन्न भएको छ । उक्त गोष्ठी कार्यक्रम तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट समुद्घाटन भई आज मिति २०८०।०८।११ गते माननीय आन्तरिक मामिला तथा कानून मन्त्री  श्री गंगानारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्याताम गोष्ठी कार्यक्रम समापन भएको छ । दुई दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ.दिपक रेग्मीज्यूले प्रदेशभित्रको समग्र अपराध अनुसन्धान तथा विद्यमान अवस्था,  प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटीबाट साइबर अपराध अनुसन्धानको विद्यमान अवस्था र अनुसन्धानमा देखिएका चुनौतिहरू, जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलान्चोक जिल्ला न्यायाधिवक्ता र उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ताबाट अनुसन्धानमा देखिएका चुनौतीहरू, अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता  र अभियोजनकर्ता बीच समन्वयका क्षेत्रहरू विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।             दोस्रो चरणमा जिल्लागत अपराध अनुसन्धानमा भएका दुबिधा, कानुनी जटिलता, समस्याहरू सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, अनुसन्धान अधिकृतहरू र अभियोजनकर्ताहरू बिचमा आवश्यक छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूबिच कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।     उक्त  दुई दिवसीय गोष्ठीमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका समादेशक कृष्ण हरि शर्माज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ. दिपक रेग्मीज्यू, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका नि.प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षकज्यूहरु तथा प्रहरी नायव उपरीक्षकज्यूहरु, अपराध अनुसन्धान शाखामा कार्यरत अनुसन्धान अधिकृतहरू सहित  ११५ जनाको उपस्थिति रहेको । साथै गोष्ठी कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट आवश्यक निर्देशन तथा सुझाव दिई मन्तव्य व्यक्त गर्नु भएको, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट कार्यक्रमको औचित्य बारे प्रस्ट पार्दै धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । कार्यक्रम समापन पश्चात् सोही अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरूबिचमा भएको वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा बैठक समेत सम्पन्न भएको थियो । 

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-०८-०३

चितवन, कालिका नगरपालिका-९, शक्तिखोर बस्ने ३८ वर्षीय भजिराम सुनार घर देखि अन्दाजी ३०० मिटर दक्षिण तर्फ खनिउको रूखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।दोलखा, जिरी नगरपालिका-८, सिमचौर बस्ने अन्दाजी ३३ वर्षीया सानुमाया दाहाल आफ्नै घरको बाथरुमको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५, लामढुंङ्गे स्थित बस्ने ५८ वर्षीय राम बहादुर श्रेष्ठ आफ्नै घर नजिकै आँपको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०८-०२

दोलखा, तामाकोशी गाउँपालिका-१, सिस्नेरी स्थितमा भिरकोटबाट तामाकोशी तर्फ आउँदै गरेको बा ०१००३ प ९३५९ नम्बरको निलो ट्रक र बिपरित दिशाबाट जाँदै गरेको बा २९ प ११६२ को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-१, भिरकोट बस्ने अन्दाजी २२ वर्षीय शुसिल माझीको घट्ना स्थलमै मृत्यु भएको छ र सोही मोटरसाईकलमा पछाडि सवार सोही ठेगाना बस्ने अन्दाजी २२ वर्षीय माइकल माझी गम्भीर घाईते भई उपचारको लागी चरिकोट अस्पताल लगिएको छ । ट्रक चालक जिल्ला रामेछाप, मन्थली नगरपालिका-१३ बस्ने अन्दाजी २७ वर्षीय श्याम थापा र दुबै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-०८-०२

काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१३, बांझोवन बस्ने अन्दाजी २१ वर्षीय विवेक श्रेष्ठ घरबाट अन्दाजी ५ किलो मिटर पूर्व बासुकी सामुदायिक वनमा चिलाउनेको रूखको हांगामा नाईलनको डोरीले पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान  कार्य भईरहेको छ । चितवन, माडी नगरपालिका-९, कान्छी बगही स्थित बस्ने ७२ वर्षीय दिल बहादुर बोटे घर देखि अन्दाजी ५० मिटर अगाडी आफ्नै खेत बारीमा खन्योको रूखमा पोलिस्टर तन्नाको पासो लगाई  झुण्डिएको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, राक्सिराङ गाउँपालिका-४, भिण्डेश्वर बस्ने अन्दाजी २०/२१ वर्षको सन्चलाल प्रजा आफ्नै घर नजिक काफलको रूखमा नाइलनको डोरीको पासो लगाई झुण्डि मृत्यू भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, थाक्रे गाउँपालिका-१०, खर्केचौर बस्ने ४० वर्षीय राजु दर्जी आफ्नै घरको फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<